निर्वाचनको मिति घोषणा नगरे सरकारको औचित्य समाप्त : थापा
काठमाडौँ, माघ २९ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको मिति तत्काल घोषणा नगरे वर्तमान सरकारको औचित्य समाप्त हुने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले निर्वाचन गर्न बनेको सरकार निर्वाचन नगरे औचित्य समाप्त हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकारले संविधान कार्यान्वयन, मधेसी दलले उठाएका मुद्दा […]