नारायणगढमा एक दिने सहकारी प्रशिक्षण
चितवन, फागुन २– नारायणगढमा सोमबार एकदिने सहकारी प्रशिक्षण दिइएको छ । नारायणगढको शहीदचोकमा रहेको महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाका सञ्चालक समिति, लेखा समिति, अन्य उप–समितिहरुका साथै सेयर सदस्यहरुलाई प्रशिक्षण दिइएको हो । उनीहरुलाई सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका पाचार्य रेवतीरमण पोखरेल, सहकारी निरीक्षकद्वय रामबाबु पौडेल र ऋषिराम भुसालले प्रशिक्षण दिएका थिए […]