माओवादी धादिङको अध्यक्षमा शालीकराम जमकट्टेल
धादिङ, पुस २८ – नेकपा माओवादी केन्द्रको धादिङ जिल्ला समिति अध्यक्षमा शालीकराम जमकट्टेल निर्वाचित भएका छन् ।अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्षसमेत रहेका जमकट्टेल माओवादी केन्द्रको केन्द्रीय समितिका पोलिट्ब्युरो सदस्य हुन् । चौथो जिल्ला सम्मेलनले जमकट्टेलको नेतृत्वमा ७५ सदस्यीय जिल्ला समिति चयन गरेको हो । समितिका उपाध्यक्षमा रामबहादुर भण्डारी, सचिवमा दलबहादुर बुर्लाकोटी, सह–सचिवमा मनराज भण्डारी […]