निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ —सभापति देउवा
नेपालगन्ज, माघ १५ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—“संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलले निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ ।” सरकारले निर्वाचनको सबै आधार छिटो तय गर्नुपर्नेमा जोड दिँदै उहाँले ‘दलहरुबीच सहमति बन्यो […]