मौलिकता बचाउन कस्सिए थारु बठिनिया
चितवन,माघ ४ – चितवनको खैरहनी–१७ सिसवारकी १९ वर्षीया रेश्मा चौधरी अघिपछि भन्दा फरक देखिएकी छिन् । अहिले कक्षा १२ को पढाइ पनि सकेकी उनी सधैँ स्कुल पोसाकमा हिँड्थिन्, तर यो पटक उनको पोसाक फेरिएको छ । घाँटीमा चाँदीका हँसुली, गलामा चकती ९माला०, नाडीमा माठा, खुट्टामा गुडुला, कम्मरमा डडकासा छ । चाँदीका गहनामा चम्किइन् । साथमा […]