चितवनका सामुदायिक वनमा आन्तरिक पर्यटक बढ्दो
किशोर खनाल, चितवन, माघ ११– कुनै समय खेर गइरहेका चितवनका सामुदायिक वनका खोला, ताल तथा नदी किनारहरु यतिबेला ‘पिकनिक स्पट’मा परिवर्तन भएका छन् । जसले गर्दा ती सामुदायिक वनहरुमा आन्तरिक पर्यटक बढेका छन् । जिल्ला वन कार्यालयअन्तर्गत रहेका सामुदायिक वनहरुको आम्दानीको प्रमुख स्रोत नै बनेको छ, पिकनिक कार्यक्रम । सामुदायिक वनका खोला तथा नदीका छेउछाउ, […]