राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक पारित
काठमाडौँ, माघ १७– व्यवस्थापिका–संसद्को आजको बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौं संशोधन) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गर्नुभएको सो विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सूर्यप्रकाश वाला राई, रेवतीरमण भण्डारीलगायतले विधेयकमाथि आ–आफ्नो धारणा राख्नुभएको थियो । सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले वन तथा वन्यजन्तुको संरक्षण […]