कक्षा १० को अनिवार्य विषय परिवर्तन हुने, पुस्तक भने छाप्नै बाँकी
काठमाडौँ, माघ ७ – नयाँ शैक्षिक सत्रसँगै कक्षा १० को पाठ्यपुस्तक परिवर्तन भएर आउने भएको छ । आगामी वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भए पनि पुस्तक छाप्ने काम भने बाँकी नै छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले कक्षा १० को अनिवार्य ६ वटै विषय (नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या तथा […]