आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै
काठमाडौं,माघ १९ – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व बुधबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्। विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, […]