लिखतको सेवा शुल्क निर्धारण
काठमाण्डौ । मालपोतसम्बन्धी लिखत तयार गरेबापत भू–सेवा केन्द्रले लिने सेवा शुल्क निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा मालपोत, लेखापढी कानुन व्यवसायीका प्रतिनिधि र भू–सेवा केन्द्र सञ्चालकहरुको संयुक्त बैठकले शुल्क निर्धारण गरेको मालपोत कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतमा अनुमति पाएका १०० भूसेवा केन्द्रमध्ये ८० वटाले मालपोतसम्बन्धी सेवा दिइरहेका छन् । आफूखुसी शुल्क लिँदै […]