जैविक विविधता तथा वन्यजन्तु संरक्षण गर्न विद्यार्थीलाई प्रशिक्षण
चितवन,माघ २१- पूर्वी चितवनका विद्यार्थी तथा शिक्षकहरुलाई जैविक विविधता तथा वन्यजन्तु संरक्षणका बारेमा प्रशिक्षण दिईएको छ । रत्ननगर १८ बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सो कार्यक्रममा चित्रसारी मावि,बछौली मावि,मालपुर माविका ५६ जना विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको सहकारीकी सचिव बिन्दा कार्कीले जानकारी दिईन । कार्यक्रममा संरक्षणकर्मीहरु डोमा पौडेल,बासु विडारी […]