मिर्गौला पीडित बानियाँलाई प्रवासी युवा मञ्चको आर्थिक सहयोग
चितवन,पुस ६- दुवै मिर्गौला फेल भएका चण्डिभञ्ज्याङ-९, पैरेनीका २० बर्षीय रुद्रबहादुर बानियाँलाई ‘चण्डिभञ्ज्याङ- दोहा, कतार सम्पर्क मञ्च’ले आर्थिक सहयोग गरेको छ । मञ्चले चण्डिभञ्ज्याङ गाविसका सह-सचिव लक्ष्मण चेपाङको प्रमुख आतिथ्य एवं प्रवासी युवा मञ्च चण्डिभञ्ज्याङ्ग -दोहा, कतार मञ्चका अध्यक्ष वीरबहादुर गुरुङको सभापतित्वमा पीडित बानियाँलाई ५१ हजार ४ सय २५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । […]