माघ भित्र दर्ता तथा नविकरण नभए निजी स्वास्थ्य संस्था खारेज हुने
काठमाडौं,पुस ७- बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका संशोधन प्रस्ताव पारित गरेको छ । देशभरका आधाभन्दा बढी स्वास्थ्य संस्था, अस्पताल, क्लिनिक र प्रयोगशालाहरु बिना दर्ता सञ्चालन भएको पाइएपछि स्वास्थ्य मन्त्रालयले संशोधन प्रस्ताव मन्त्रीपरिषद्मा दर्ता गराएको थियो । आजबाट सरकारको कुनै पनि निकाय (उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय वा […]