रूपन्देही युवा संघका अध्यक्ष तिवारी हत्या प्रकरण झनै रहस्यपूर्ण
दीपक ज्ञवाली, बुटवल पुस १०- रूपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या राजनीतिक स्वार्थप्रेरित रहेको आशंका बलियो बन्दैछ ।“अब जिल्लामा हत्या, हिंसा बन्द हुनेछन्”, २८ मंसीरमा बुटवलमा पत्रकारसामु हौसिरहेका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र सिंह धानुकको दाबी एक साता पनि टिकेन । ४ पुसमा देवदह, बुटवलमा दिनदहाडै एमाले निकट युवा संघ रूपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भयो । […]