वीरगन्जमा ध्वनि प्रदूषणको समस्या बढ्दो
वीरेन्द्र कर्ण, वीरगन्ज, पुस २६– बिहे, भोज, भण्डारा, व्रतबन्ध, सभा तथा धार्मिक पर्वलगायतका समयमा ठूलो स्वरमा विभिन्न गीत सङ्गीत बजाउने डिजेजस्ता उपकरण प्रयोग गर्ने अचेल सामाजिक संस्कार बन्दै गएको छ । बिहान ४ बजे मन्दिर, मस्जिदमा ठूलो स्वरमा धार्मिक प्रार्थना, बसपार्क क्षेत्रमा गाडीको हर्न र नगरभित्रको सडकमा निन्द्रा खराब गर्ने गरी बाजा बजाउनाले नगरबासी प्रभावित […]