अब एमालेले ब्याच, माला र खादाबिनै सभा गर्ने
पोखरा, माघ १२– अतिथिले भरिभराउ मञ्च, घाँटी ढाकिने गरी माला र खादा, छातीमा ठुल्ठूला ब्याच, धेरै वक्ताको पट्यारलाग्दो भाषण ! औपचारिक कार्यक्रममा देखिने दृश्य हुन् यी। राजनीतिक पार्टीका सभा, सम्मेलनमा ‘बिरालो बाँध्ने’ यस्तो परम्परा अझै हट्नसकेको छैन। मंगलबार पोखरामा भएको एउटा कार्यक्रम भने केही फरक देखियो। मञ्चमा एमाले उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख […]