संसदको म्याद एक वर्ष थप्ने प्रधानमन्त्रीका सल्लाहकारको खुलासा
काठमाडौं, माघ १८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मधेशी मोर्चाको सहमतिमात्रै निर्वाचनको मिति घोषणा हुने दाबी गरेका छन्। मंगलबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रधानमन्त्रीका सल्लाहकार खनालले भने,‘सरकार सबै दलको सहमतिमै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटेको छ, अहिले निर्वाचनको मिति घोषणा गरेरमात्रै केही हुनेवाला छैन, हुने निर्वाचनको मात्रै मिति घोषणा गर्नुपर्छ […]