संसद विघटनप्रति जनसाँस्कृतिक महासङ्घ, सोलुखुम्बुको आपत्ति
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध जनसाँस्कृतिक महासङ्घ, नेपाल, सोलुखुम्बुले प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति जनाउँदै प्रेस वक्तव्य जारी गरेको छ । महासङ्घका जिल्ला इन्चार्ज गणेश कुमार राई र संयोजक विशेष खालिङको हस्ताक्षर रहेको प्रेस वक्तव्यमा प्रधानमन्त्री ओलीले राजनीतिक ‘कु’ गरेको भन्दै विदेशी शक्तिसँगको मिलेमतोमा यस्तो रिंकुश कदम चालेको भनी कडा टिप्पणी गरिएको छ । […]