प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको सङ्घर्षको कार्यक्रम सफल बनाउने नेकपाको निर्णय
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी साङ्गठनिक कामका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गृहकार्य टोली बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार र सोमबार बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उक्त टोलीमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, […]