हराएको विमान दुर्घटनाग्रस्ता अवस्थामा भेटियो
काठमाडौं,पुस १०- ९१ यात्रु सवार एउटा रुसी सेनाको विमानको भग्नावेशष ‘ब्ल्याक सी’ मा भेटिएको रुसका सञ्चारमाध्यमहरुले जनाएका छन्।सोचीस्थित विमानस्थलबाट उडेको केही समयपछि नै उक्त विमानको राडरसँग सम्पर्कविच्छेद भएको थियो। रुसको रक्षा मन्त्रालयले हराइरहेको टियू-१५४ विमानमा सेनाका अधिकारीहरु, उनीहरुको सांगितिक समूह, केही पत्रकारलगायत अन्य भएको जनाएको छ।खबरहरुका अनुसार उक्त विमान सिरियाका लाटाकिया प्रान्तका लागि उडेको थियो। […]