कविता- बहिरो चेपागाँडा
-रमेश थामी रमाइलो पल, रमाइलो क्षण, तीतो तर जिन्दगीकै विस्मरणीय क्षण भालेको डाँकोमा, एक कुम्लो कोसेली बोकी हनिन्छ अपरिचित अजनवी अनिश्चित गन्तव्य- दूर दराजमा, केही गर्ने सोचले तर विडम्वना असारे याम, सिमसिमे पानी तप्पतप्प थोपा, कहीँ छचल्केर पोखिन्छन, कहीँ फुटिदिन्छन फोकाहरू प्वाट्ट-प्वाट्ट, बिलाइहाल्छन् उसको गन्तव्य हो गगन चुम्ने, चुचुरोले कुरिरहेछ उसलाई डाकिरहेछ बतासका वेगले […]