इन्टरनेशनल कलेजलाइ अनेरास्ववियुको ७ बुदे मागपत्र
चितवन,पुष ५- अनेरास्ववियुले खैरहेनि चितवन स्थित इन्टरनेशनल कलेजलाइ कलेजमा भइरहेको अराजकता ,बेतिथि,बितन्डता विरुद्द ध्यानाकर्षणको माग गर्दै क्याम्पस प्रशासनलाइ माग पत्र बुझाएको छ । आज(मंगलबार) बिहान ७ बुदे मागपत्र बुझाउदै र त्यसको कार्यन्वयनको लागि २ दिनको अल्टीमेटन दिएको छ । माग पुरा नभए कडा संघर्षको कार्यक्रम गर्ने चेतावनि दिएको छ ।