चितवनमा आफ्ना भन्नेहरु नै ‘क्रुर’
दिपेन्द्र अधिकारी, चितवन, माघ ९– नातासम्बन्धले आफ्ना भन्नेहरुबाटै गम्भीर प्रकृतिका घटना हुने गरेको पाइएको छ । हत्या, बलात्कार, मानव बेचबिखन, बहुविवाहलगायत अपराधिक घटना नातासम्बन्ध भित्रै व्यक्तिहरुबाट हुने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत चितवनको एक वर्षको तथ्यांकलाई केलाउने हो भने गम्भीर प्रकारका अपराधिक घटनामा आफ्ना नै पीडकका रुपमा देखिएका छन् । […]