हराउन थाले गौँथली चरी
म्याग्दी, माघ २६- कुनै समय बाक्लै देखिने गौँथली विस्तारै हराउन थालेका छन् । जिल्ला सदरमुकाम बेनीबजार, गलेश्वर, दरबाङलगायतका क्षेत्रमा पाँच÷छ वर्ष अगाडि घरैपिच्चे देखिने गौँथली गुँड छोडेर जान थालेका हुन् । जोडी बनाएर बस्ने गौँथलीले मानवबस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभावलगायतका कारणले विस्तारै वासस्थान परिवर्तन गर्न थालेको वातावरणका अध्येता चन्द्रमणि सापकोटाले बताए । “वासस्थान र […]