जैन धर्मगुरु अहिंसा यात्रा गर्दै नेपालमा
काँकडभिट्टा (झापा),फागुन ३ – जैन धर्मका सर्वोच्च गुरु आचार्य महाश्रमणजी अहिंसा यात्राका क्रममा आज बिहान पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नुभएको छ । सद्भावना, नैतिकता र नशाबाट मुक्तिको सन्देश बोकेर सयौँ अनुयायीका साथ भारतको पश्चिम बङ्गालस्थित पानीटङ्की नाकाबाट बिहान ९ः१५ बजे नेपाल प्रवेश गर्नुभएका आचार्य महाश्रमणजीलाई सहरी विकासमन्त्री अर्जुननरसिंह केसी, सांसद रवीन कोइराला, नेपाली काँग्रेसका […]