पशुपालन व्यवसायतर्फ महिला आकर्षित
रामपुर (पाल्पा),पुस ७ – व्यावसायिक पशुपालनमा पुरुषसँगै महिला पनि आकर्षित हुँदै गएका छन् । व्यापार व्यवसाय, उद्योग, कलकारखाना, पसल, पशु तथा कृषि फार्मलगायत क्षेत्रमा पुरुषको वर्चस्व रहेकामा जिल्लाका महिला आर्थिक उपार्जनका निम्ति आफैँ सक्रिय भएर पशु फार्म व्यवसायमा संलग्न हुन थालेका छन् । व्यावसायिक पशु फार्म सञ्चालन गरी उनीहरुले मनग्य आम्दानी गर्न थालेका छन् । […]