सामुदायिक विद्यालयको गुणस्तर सुधार हुनुपर्छः राष्ट्रपति भण्डारी
बुटवल, माघ २२– राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा राज्यले गरेको लगानीको प्रतिफल जनताले पाउनुपर्ने बताउनुभएको छ । रुपन्देहीको ग्रामीण क्षेत्रमा रहेको हरैया माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रको विकासका लागि राज्यले लगानी वृद्धि गनुपर्नेमा जोड दिनुभयो । शान्ति, विकास र आपसी भातृत्वलाई शिक्षाले प्रभाव पार्ने भएकाले बालबालिकालाई यसै किसिमको शिक्षा […]