चित्रकारलाई भेटेपछि भनिदिनु (कविता)
घाम डुब्ने पश्चिम डाडाभन्दा फरक ठाउँबाट बादल लुक्ने क्षितिजभन्दा अलग क्षितिजबाट उनी अस्ताएर गए सबैको मनको आकाशमा उदाइराखेर ! उनले यति कुरा बिर्सिए कि आफूले हिडदैगरेको आधा बाटो, गाँस चुडाउँदाचुडाउँदैको आधा ढिँडो, कोर्दाकोर्दैको बाँकी चित्र, बुन्दाबुन्दैको आधा तान, रङ्ग पोत्दापोत्दैको आधा ‘क्यान्भास’, लेख्दालेख्दैको अपूरो गीत, खिप्दाखिप्दैको अधुरो कविता अनि सिफर्् उनले नबिर्सनुपर्ने एउटा कुरा बिर्सिए […]