सातौं जिल्ला अधिबेशनका लागि आज प्रतिनिधि छनौट गर्दै सोलुखुम्बु एमाले

सातौं जिल्ला अधिबेशनका लागि आज प्रतिनिधि छनौट गर्दै सोलुखुम्बु एमाले

सोलुखुम्बु । पौष २३ र २४ मा सम्पन्न हुने नेकपा एमाले सोलुखुम्बुको सातौं जिल्ला अधिबेशनका लागि आज आठवटा स्थानीय तहका सबै वडामा प्रतिनिधि छनौट गरिदैछ ।

सोलुखुम्बुको सदमुकम सल्लेरीमा सम्पन्न हुने अबिधेशनमा सहभागी हुन जिल्लाका ५२ वटै वडाबाट मापदण्ड अनुसार प्रतिनिधि छनौटको काम हुने नेपाल कम्युनिष्ट पार्टि एमालेका जिल्ला सचिव आश कुमार राई शिशिरले जानकारी दिए ।

एमालेको प्रतिनिधि छनौटका मापदण्ड अनुसार २० जना खुला संगठित सदस्य बराबर एक प्रतिनिधि, १० महिला संगठित सदस्य बराबर एक प्रतिनिधि, ५ दलित संगठित सदस्य बराबर एक प्रतिनिधि छनौट हुनेछन् । कुनै वडामा तोकिएको संख्या भन्दा कम भएमा एक प्रतिनिधि संख्या पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ