भ्रामक समाचारप्रति गाउँपालिकाको कडा आपत्ति

भ्रामक समाचारप्रति गाउँपालिकाको कडा आपत्ति

गाउँले न्युज, २२ असार, काठमाडौँ । माप्य दुधकोशी गाउँपालिकाको विकास निर्माणका संवन्धमा भ्रमक र तथ्यहिन समाचार प्रकाशन भएको भन्दै गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले आपत्ति जनाउनुभएको छ ।

प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष राईले केही अनलाईन मिडियामा कपोल्कल्पित समाचार प्रकाशसन भएको बताउनुभएको छ । अध्यक्षको व्यक्तिगत मान मर्दन गर्ने र दुरासयपुर्ण ढंगबाट समाचार सम्प्रेषण भएको विज्ञप्तीमा भनिएको छ । नेपाल सरकारको कानुन र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्देश गरेको अधिकार र क्षेत्रभित्र रही जनताको भावना अनुरुप काम गरिरहँदा हुँदै नभएको विषयलाई आक्षेप लगाई मान मर्दन गरिएको विज्ञप्तीमा भनिएको छ ।

केही दिन अघि एक अनलाईनमा गाउँपालिकाका अध्यक्ष स्वइच्छाचारी भएको, अदालतमा मुद्याहरुको चाङ लागेको जस्ता आरोप लगाई समाचार सम्प्रेषण भएको थियो । उक्त समाचारले गाउँपालिकाका सर्वसाधरण र अन्य सरोकारवालामा समेत गलत सुचना सम्प्रेषण भएपछि विज्ञप्ती मार्फत स्पष्ट पारिएको अध्यक्ष राईले बताउनुभयो ।

गत असार ९ गते गाउँसभाले पारित गरेको निति, कार्यक्रम तथा बजेटका विषयमा लेखिएको समाचारको समेत कुनै वाक्य तथ्यहीन भएको अध्यक्ष राईको स्पष्टोक्ति छ । गाउँपालिकाको लोकप्रिय योजनाहरु सफल हुन नदिन केही खराव मानसिक्ता भएका मानिसहरु सलबलाएको भन्दै विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिकाको सर्वस्वीकार्यबाट आएको आगामी आर्थिक बर्षको निति, कार्यक्रम तथा बजेटमा विश्वस्त हुन आम समुदायमा अपील गर्दै भ्रामक समाचारको पछि नलाग्न अपिल गर्दछु ।’

गाउँपालिकाको केन्द्रको बारेमा सर्वाेच्च अदालतमा विचारधिन रहेको मुद्या बाहेक गाउँपालिका र र आफ्नो नाममा समेत कुनै मुद्या मामिला नरहेको अध्यक्षको भनाई छ । आधारहिन समाचार प्रकाशन भएपछि आफ्नो मानमर्दन भएको विज्ञप्तीमा लेखिएको छ । केही सञ्चारकर्मीहरुको गलत नियत र पुर्वाग्रही सोँचका कारण सिंगो जवाफदेही सञ्चारजगत नै कमजोर बनाउने प्रयास भइरहेकोमा अध्यक्ष राईको चिन्ता छ ।

https://gaulenews.com/?p=47033

https://gaulenews.com/?p=46985

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ