Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दृष्टिविहीन विश्वकपः नेपालले दक्षिण अफ्रिकालाई हरायो – Gaule Khabar

दृष्टिविहीन विश्वकपः नेपालले दक्षिण अफ्रिकालाई हरायो

दृष्टिविहीन विश्वकपः नेपालले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौँ, माघ २०–

भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ ।

नयाँ दिल्लीमा भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । यसअघि खेलेको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५९ रनले र दोस्रो अस्ट्रेलियासँग १० विकेटले पराजित भएको थिए ।

आजको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले नेपालसामु १४७ रनको चुनौती प्रस्तुत गरेका थिए । जवाफी ब्याटिङमा उत्रेका नेपालले १७ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो ।

नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै सुनिल रानामगरले ३८ तथा रमेशबहादुर बानियाँले २४ रन जोडे । यता दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रनको योगफल बनाएको थियो ।

दक्षिण अफ्रिकाका सनवाबीले बिड्लाले ५७, डोमिनिक स्कटले ३३ तथा बुह्ले भिड्लाले ३२ रन जोडे । बलिङतर्फ नेपालका सुनिल रानामगरले दुई तथा कृतन श्रेष्ठले १ विकेट लिए । नेपालले भोलि पाकिस्तानसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका