Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदनबिरुद्ध आन्दोलन घोषणा – Gaule Khabar

स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदनबिरुद्ध आन्दोलन घोषणा

स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदनबिरुद्ध आन्दोलन घोषणा

काठमाडौं,माघ २० –

पूथा उत्तरगंगा गाँउपालिका सरोकार संघर्ष समिति तकसेरा रुकुमले स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदनको बिरुद्धमा देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ।
बिहिबार रिपार्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर स्थानिय राज्य पुसंरचना आयोगले तयार पारेको प्रतिवेदनलाई नेता पक्षिय र अवैज्ञानिक भएको भन्दै देशव्यापि रुपमा आन्दोलन गर्ने घोषणा गरेको होर
संघर्ष समितिका संयोजक जुद्ध बुढामगरले आयोगको प्रतिवेदनलाई अवैज्ञानिक भएको बताउँदै भने,‘जनताको हितमा कामगर्ने भनेर चुनिएका जनप्रतिनिधि र आयोगले तकसेरावासीलाई अन्याएमा पारेको छ, हामी तकसेराबासि मात्र आयोगको बलि भएका छैनौ, सिङ्गो देशमा यस्तै मनोमानि भएको छ, यसको बिरोद्धमा हामी उभिएका छौँ, हाम्रो माग भौतिक संरचना भएको ठाउँमा गाँउपालिको केन्द्रि तोकिनु पर्छ भन्ने हो, तर जनताको भावना र प्राकृतिक साधना स्रोतको विपरित काम भयो।’
संघर्ष समितिका संयोजक मगरले अघि थपे,‘यस्तो गल्ति रुकुममा मात्रै भएको छैन्, देश व्यापि रुपमा गल्ति भएको छ, हामी त भन्छौँ देश व्यापि रुपमा आन्दोलन गर्नुपर्छ, देश संघिय खाकामा गईसकेपछि, स्थानिय तहको संरचनालाई वैज्ञानिक बनाउनुको साटो भौतिक संरचना र जनताको भावना विपरित केन्द्र बनाउने, गरियो यसमा हाम्रो घोर आपत्ति छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका