Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गिट्टीबालुवा निकाल्दा पुल जोखिममा – Gaule Khabar

गिट्टीबालुवा निकाल्दा पुल जोखिममा

गिट्टीबालुवा निकाल्दा पुल जोखिममा

गाईघाट,माघ २० –

गाईघाटस्थित बरुवा नदीको पुल आसपास क्षेत्रबाट अवैधरुपमा गिट्टी, बालुवा निकाल्दा बरुवा पुल जोखिममा परेको छ ।

पुल तथा अतिसंवेदनशील स्थान आसापासको क्षेत्रबाट गिट्टी बालुवा तथा ढुङ्गा निकाल्न नपाइने प्रावाधान भएपनि बरुवा नदीको पुलमुनि र यसका आसपासका क्षेत्रबाट हिजोआज दैनिकरुपमा रात्रिको समयमा सयौँको सङ्ख्याका ट्रयाक्टरले अवैधरुपमा गिट्टी, बालुवा उत्खनन गरेर निकाल्ने गरेको स्थानीय केदारप्रसाद रेग्मीको गुनासो छ ।

पुलको २० मिटर क्षेत्रफल आसपासमा अहिले रात्रिको समयमा गिट्टी तथा बालुवा उत्खनन गरेर निकाल्दा पुलका पिलरमा असर पर्ने अर्का स्थानीय देवीदत्त तिमलसिनाको भनाइ छ ।

पुलका आसपास ठूलाठूला खाल्डा पर्न थालेकाल पुल भासिन सक्ने अवस्था रहेको पनि उनी बताउँछन् । तीन महिनादेखि संवेदनशील स्थानमा अवैधरुपले गिट्टी तथा बालुवा झिक्ने कार्य भइरहँदा पनि सम्बन्धित निकायले भने कुनै चासो देखाएको छैन ।

समयमै अबैध उत्खनन नियन्त्रण नभए बरुवा पुल उच्च जोखिममा पर्ने अवस्था रहेको पनि स्थानीयबासी बताउँछन् । डेढ वर्ष अघिमात्र उद्घाटन गरेर सञ्चालनमा आएको दुईसय २१ मिटर लम्बाइ तथा नौ वटा पिलर रहेको सो पुल उदयपुरमध्येकै सबैभन्दा ठूलो पुल हो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ