रुपन्देही, पुस ६-
युवा संघ अध्यक्ष दुर्गा तिवारी हत्या पश्चात परीवारको विचल्ली भएको छ । तिवारीको गत पुस ४ गते सोमबार रुपन्देहीको पुर्वी क्षेत्र देवदहको खैरेनीमा अज्ञात समुहले गोलि प्रहार गरी हत्या गरेको थियो ।
तिवारीको दुई छोरी श्रीमती र आमा रहेका छन । तिवारी ४ दाजु भाइ मध्ये कान्छा छोरा हुन । तिवारीको हत्या संगै परीवारमा सन्नाटा छाएको छ ।
तिवारीकी श्रीमती रेणु तिवारीको अवस्था ज्यादै कमजोर छ भने छोरीहरु ६ बर्षकी रितिका र ४ बर्षकी दिपिकाले बारम्बार बाबा खोजिरहेका छन । घरमा पुग्ने हरेका मानिस संग उनिहरुको एउटै प्रश्न हुन्छ हाम्रो बाबा खोई ? श्रीमती रेणुको आखा ओभाएको छैन उनि घरी सडकमा हेर्छिन घरी छोरीहरु समातेर रुन्छीन ।
उता आमाको अवस्था पनि उस्तै छ । दाजुहरु हरी प्रसाद तिवारी जगदिस तिवारी र चक्रपाणी तिवारीले आफ्नो भाइको हत्यारालाई कार्वाहीको लागि बिभिन्न संघ संस्थाका प्रतिनिधि राजनैतिक दलका प्रतिनिधि प्रहरी लगाएत संग भेटघाट गरीरहेका छन । तिवारीका छोरीहरु स्थानिय मन्टेश्वरीमा अध्यन गरीरहेका छन ।
साना नानीहरुको दैनिकी उस्तै छ खेल्छन घरमा आउने हरेक मानिसलाई नियालेर हेर्छन उनिहरुको आखाले एउटै प्रश्न गर्छ हाम्रो बाबा खोई ? अनि त्यहा पुग्ने हरेकको आँखा रसाउछ । तिवारीको सव लुम्बीनी अञ्चल अस्पतालमा राखिएको छ , पोस्टमार्टमा सकिए आजै अन्तीम संस्कार गरीने पारीवारीक स्रोतले जानकारी दियो ।
परिवारले देवदहको कुनै स्थानमा सालिक निर्माण गर्न , मृतकलाई शहिद घोषणा गर्नु पर्ने माग राखेको छ । प्रहरीले हत्या आशंकामा विभिन्न ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ ।
तिवारी हत्याको विरोधमा आज पनि रुपन्देही आसपासमा कुनै सार्वजनिक सवारी साधन चलेका छैनन भने शिक्षण संस्था कलकारखाना पुर्ण रुपमा बन्द छ ।