राष्ट्रिय खेलकुद प्रतियोगिता ६ दिन बाँकी : खेलाडीबीच विभेद गरेको गुनासो

राष्ट्रिय खेलकुद प्रतियोगिता ६ दिन बाँकी : खेलाडीबीच विभेद गरेको गुनासो

विराटनगर,पुष ३-

राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय प्रतियोगिताका लागि छनोट खेलाडीमध्ये विभिन्न सात खेलका खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा राखेको भन्दै अन्य खेलका खेलाडी र प्रशिक्षकले विरोध जनाएका छन्। छैटौं राष्ट्रिय प्रतियोगितामा बन्द प्रशिक्षणमा समावेश गरिएका खेललाई मंसिर ८ देखि पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नराखिएको सम्बद्ध खेलका खेलाडी र प्रशिक्षकको गुनासो छ। छैटौं प्रतियोगितामा आईटीएफ तेक्वान्दोको प्याट्रन इभेन्टमा रजत र स्पाइरिङमा कांस्य जितेका मोरङका खेलाडी दोर्णबहादुर मगरले बन्द प्रशिक्षण नराखिदा खेलाडिहरुलाइ अभ्यासमा समस्या भएको गुनासो गरे। परिषद्ले यसपालि फुटबल, भलिबल, बास्केटबल, ह्यान्डबल, खो–खो, कपर्दी र क्रिकेट खेलका खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा राखेको छ।

बजेट अभावले सबै खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न नसकिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बताए। व्यक्तिगत पदकका लागि प्रतिस्पर्धा गर्ने खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न नसकिने बताउँदै उनले सामूहिक पदकका लागि प्रतिस्पर्धा गर्ने खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा राखिएको बताए। सामूहिक पदकका खेलबाहेक अन्य खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न सरकारले बजेट नै नदिएपछि व्यवस्थापन गर्न नसकिएको उनले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ