Gaule Khabar
शुक्रबार, मंसिर १६, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

बाँकेको मटेहियामा दुई समूहवीच झडप, एक युवकको मृत्यु

  • admin
  • मङ्लबार, मंसिर २८, २०७३
[sharethis-inline-buttons]
बाँकेको मटेहियामा दुई समूहवीच झडप, एक युवकको मृत्यु

नेपालगञ्ज, मंसिर २८-

बाँकेको मटेहिया ४ भगवानपुरमा स्थानीय युवाहरुबीच सोमबार साँझ भएको झडपमा एक युवकको मृत्यु भएको छ भने कम्तिमा १० घाइते भएका छन् ।झडपको घटनालाई लिएर सो ठाउँ तनावग्रस्त बनेको छ । मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको १४९१ औं जन्मोत्सवका अवसरमा निकालिएको र्‍यालीमा झडप भएको हो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको थियो ।घटनामा मटेहिया–४ र ५ का ओमकार मौर्या, बजरंगी गोडिया, खैया यादव, त्रिचन्द्र यादव, सवलाप्रसाद यादव, दिनेश गुप्तालगायत घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ